काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ ।
टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भएका छन् ।
यसअघि कुशल भुर्तेल र आसिफ सेखले ३-३ रन बनाएर आउट भएका थिए ।
अहिले रोहित पौडेल ३७ रन बनाएर खेलिरहेका छन् ।




