खेलकुद

कराते टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं । एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली कराते टोली बिहीबार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दै छन् ।

११ देखि १२ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् । अफिसियलमा प्रज्ज्वलप्रतीक क्षेत्री छन् ।

सहभागीले ७२ घन्टाको पीसीआर रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल गोजुरियो कराते संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टोली कतार एयरवेजबाट राति ८ बजे उड्ने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *