काठमाडौं । नेपालका तीनजना युवा क्रिकेटरले ओडिआई क्रिकेटमा डेव्यू गरेका छन् ।
आज भएको नेपाल र पपुवा न्यूगिनिका बिचमा भएको खेलमा आशिफ शेख, विक्रम सोव र कुशल भुर्तेलले डेव्यू गरेका हुन् । डेव्यू खेलमै युवा क्रिकेटर सोवले ५ ओभर वलिङ गर्दै एक ओभर मेडन गर्दै २ विकेट लिन सफल रहेका भए ।
त्यस्तै मंगलबारकै खेलबाट शेख र सोवले लिष्ट ए को क्रिकेटमा समेत डेव्यू गरेका छन् । मंगलबारको खेलमा नेपालले संघर्षपूर्ण जीत निकालेको थियो । अब शुक्रबार अर्को खेल हुनेछ ।




