काठमाडौं । अखिल नेपाल फुटबल संघले बालगोपाल महर्जनलाई यू–२३ राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त गरेको छ ।
एन्फाले सोमबार नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक महर्जनलाई यू–२३ टिमको प्रशिक्षक नियुक्त गरेको हो ।
एन्फाले यू–२३ टोलीको सहायक प्रशिक्षकमा भने रोजित केसीलाई नियुक्त गरेको छ । त्यस्तै ललित चन्द गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।




