खेलकुद

टि२० विश्वकप खेल्ने पाकिस्तानकाे टोली घोषणा

काठमाडौँ । आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि पाकिस्तानले बलियो टोली घोषणा गरेको छ ।

पाकिस्तानले सोमबार बाबर आजमको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको हो । पाकिस्तान विश्वकपको सुपर १२ को समूह बी मा छ । उक्त समूहमा पाकिस्तानसँगै भारत, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् ।

पाकिस्तानले पहिलो खेलमै भारतसँग खेल्नेछ । भारत र पाकिस्तानबीचको खेल अक्टोबर २४ मा दुबईमा हुनेछ ।

पाकिस्तानकाे विश्वकप खेल्ने टोली

बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, आजम खान, हरिस रौफ, हसन अली, ईमाद वासिम, खुशदील शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम, शाहिन शाह अफ्रिदी र सोहिब मकसुद ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *