खेलकुद

लुकाकुको १०० क्याप पूरा, तीन वर्षपछि हाजार्डको गोल

काठमाडौं । स्ट्राइकर रोमेलु लुकाकुको एक सय क्याप तथा इडेन हार्जाडले तीन वर्षपछि गोल गरेको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई पराजित गरेको छ ।

आइतबार राति घरेलु मैदानमा बेल्जियमले लुकाकु र हाजार्डको गोल सहयोगमा चेक रिपब्लिकलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युरोपेली छनोटको समूह ‘ई’मा बेल्जियमलाई जित दिलाउने क्रममा लुकाकले आठौँ मिनेटमा गोल गरे ।

उनले बेल्जियमबाट खेल्दा एक सय क्याप समेत पूरा गरेका छन् । २८ वर्षीय स्ट्राइकर लुकाकुको यो बेल्जियमबाट ६७ गोलसमेत हो ।

यस्तै, इडेन हाजार्डले खेलको ४१ मिनेटमा दोस्रो अग्रता बनाए । हाजार्डन् सन् २०१९ नोभेम्बरपछि गरेको पहिलो गोल हो ।

तेस्रो गोल एलिसिस सेलमेकरस्ले खेलको ६५ मिनेटमा गरे । उनलाई लुकाकुले बल पास गरेका थिए ।

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको बेल्जियम समूह ‘ई’ को शीर्ष स्थानमा छ । पाँच खेलबाट सात अंक बनाएको चेक रिपब्लिक दोस्रो, तीन खेलबाट ६ अंक बनाएको वेल्स तेस्रो, चार खेलबाट तीन अंक जोडेको बेलारुस चौथो स्थानमा रहँदा तीन खेलबाट बिना कुनै अंक एस्टोनिया तालिकाको पुछारमा छ ।

समूह ‘ई’ को अर्काे खेलमा बेल्सले बेलारुसविरुद्ध रोमाञ्चक जित हासिल गरेकाे छ । कप्तान ग्यारेथ बेलले दुई पेनाल्टीसहित ह्याट्रिक गरेको खेलमा बेल्स ३–२ गोल अन्तरले विजयी भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *