खेलकुद

भारतीय फुटबल प्रशिक्षकलाई नेपाली रेफ्रीले किन दिए पहेंलो कार्ड ?

काठमाडौं । मैत्रीपुर्ण खेलमा नेपाललाई २–१ गोलअन्तरले हराएको भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिम्याचले नेपाली फुटबल टोलीको प्रशंशा गरेका छन् ।

प्रशिक्षक स्टिम्याचले भारतले खेल जितेको भएपनि नेपाली टोलीले लामो समयको प्रशिक्षणका कारणले नेपाली टोली राम्रो बनेको बताएका छन् । ‘नेपालले धेरै सुधार गरेको छ । आज पनि राम्रो खेल्यो । यो लामो समयको तयारीको नतिजा हो । नेपाली टोलीलाई इच्छाशक्तिका लागि बधाई छ ।’

आजको खेलमा भारतीय प्रशिक्षक स्टिम्यचाले पहेलो कार्ड पाएका थिए । भारतीय खेलाडीलाई नेपाली खेलाडीले ‘डिबक्स एरियामा’ फल गरेको भन्दै भारतीय पक्षले पेनाल्टीको माग गरेको थियो ।

तर रेफ्रीले पेनाल्टीको अवसर नदिएपछि प्रशिक्षक स्टिम्यचाले मैदानमै छिरेर पेनाल्टीको अपिल गरेका थिए । तर रेफ्रीले भने पेनाल्टीको अपिल स्वीकार गरेनन् । पहेलो कार्डबारे भारतीय प्रशिक्षक स्टिम्याचले भने,‘रेफ्रीले हामीलाई पेनाल्टी अवसर नदिएका कारण मैले अपिल गरेको थिएँ । खेलाडीले कार्डको सामना गर्नुभन्दा मैले गर्नु राम्रो हो ।’

आजको खेलमा भारतले २ गोल गरेको थियो भने नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *