काठमाडौँ । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको दोस्रो खेल आज हुदै छ ।
आज किरण चेम्जोङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, सुमन लामा, पुजन उपरकोटी, तेज तामाङ, मनिष डाँगी, आयुष ज्ञालान र आशिष लामा प्लेइङ एघारमा रहेका छन् ।
किरण चेम्जोङको किर्तिमान
आजको खेलमा नेपाली गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् ।
किरणले यस अघि विहिबार भारतविरुद्ध खेल्दै विराज महर्जनसँग राष्ट्रिय टिमबाट ७३ खेल खेल्दै बराबरी गरेका थिए । महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन् । आजको खेलमा किरण प्लेइङ एघारमा परेसँगै उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।




