खेलकुद

रोनाल्डोलाई गिनिज वर्ल्ड रेकर्ड्सले दियो विश्व किर्तिमानको प्रमाणपत्र

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गरेका क्रिस्टियानो रोनाल्डोलाई गिनिज वर्ल्ड रेकर्ड्सले प्रमाणपत्र दिएको छ ।

इरानका अली दाइको १०९ गोलको किर्तिमान तोडेर नयाँ विश्व किर्तिमान बनाएका रोनाल्डोलाई गिनिज वर्ल्ड रेकर्ड्सले प्रमाणपत्र दिएको हो ।

रोनाल्डोले आयरल्याण्डविरुद्ध दुई गोल गर्दै पोर्चुगललाई जिताएका थिए ।

रोनाल्डोले केहि महिना अघि सम्पन्न युरोकपमा रोनाल्डोले अली दाइको किर्तिमानको बराबरी गरेका थिए ।

रोनाल्डोले गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र सार्बजनिक गर्दै भनेका छन्- ‘वर्ल्ड रेकर्ड ब्रेकररको पहिचान बनाउन पाउदा सधै खुशी लाग्छ । यो नम्बरलाई अझ माथि पुर्याउन प्रयास गर्ने छु ।’

रोनाल्डोको नयाँ रेकर्डपछि अली दाइले पनि रोनाल्डोलाई बधाई दिदै यो रेकर्ड लामो समयसम्म कायम हुने विश्वास व्यक्त गरेका छन् ।

रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म १८० खेल खेल्दै १११ गोल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *