खेलकुद

भारत १ सय ९१ रनमा अलआउट

काठमाडौं । वेलायतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा भारत १ सय ९१ रनमा अलआउट भएको छ ।

लन्डनस्थित केनिङटन ओभलमा टस हारेर ब्याटिङ गरेको भारतका कप्तान विराट कोहलीले ५० रन बनाए ।

शार्दुल ठाकुरले ५७ रकन बनाउँदा भारतका ओपनर केएल राहुलले १७ रन बनाए । रोहित शर्माले ११, अजिन्क्या रहानेले १४, उमेश यादव र रविन्द्र जडेजाले समान १० रन जोडे ।

इङ्ल्यान्डका क्रिस वक्सले चार, रोबिन्सले तीन र जेम्स एन्डरसन र ओभरटनले समान १÷१ विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *