काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
केहीबेर अघि सम्पन्न भएको खेलमा नेपालले अग्रता लिएको थियो । नेपालका तर्फबाट अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए । तर खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काएपछि बराबरीमा सकिएको हो ।
भारतीय कप्तान सुनील क्षेत्रीले गरेको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि गोल गर्नबाट रोक्न सकेनन् । क्षेत्रीले प्रहार गरेको बललाई अनिरुद्ध थापाले गोललाइनबाटै गोल गरे ।




