काठमाडौं । बिहिबार हुने नेपाल र भारतबिचको मैत्रिपुर्ण खेलमा ५ हजार एक सय दर्शकहरु राखिने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार फुटबल खेल हेर्ने दर्शकलाई प्रवेश दिइने भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड कायम गरेर दर्शकसहित फुटबल खेल्न अनुमति दिएको एन्फाले जनाएको छ ।
एन्फाका अनुसा कोरोनाविरुद्धको खोप लगाएका र खोप नलगाएकाहरुको हकमा भने पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्रका आधारमा रगशाला प्रवेशको व्यवस्था मिलाइएको छ ।
एन्फाले खेल हेर्नका लागि सामान्य टिकटको एक हजार रुपैयाँ र भीआईपी टिकटको लागि दुई हजार मूल्य निर्धारण गरेको छ । प्रभुपे मार्फत टिकट खरिद गर्न सकिने जनाइएको छ ।




