खेलकुद

बार्सिलोना छोडेर एटलेटिको फर्किए ग्रीजम्यान

काठमाडौँ । फ्रेन्च मिडफिल्ड एन्टोनी ग्रीजम्यानले अप्रत्याशित रुपमा बार्सिलोना छोडेका छन् ।

ग्रीजम्यान दुई बर्षका लागि लोनमा पुर्वक्लब एटलेटिको म्याड्रिड फर्किएका हुन् ।साथै एटलेटिको र बार्सिलोना ४७ मिलियन डलरमा किन्ने शर्तमा सहमत भएको छ ।

ग्रीजम्यानको एटलेटिको फिर्तीलाई अप्रत्याशित भनिएको छ ।बार्सिलोनाले ग्रीजम्यानले क्लब छोडेको औपचारिक जानकारी दिएको छ । बार्सिलोनाले ग्रीजम्यानको पारिश्रमिक एटलेटिकोले भुक्तानी गर्ने र अनिवार्य परमानेन्ट ट्रान्सफरको शर्तमा सहमत भएको जनाएको छ ।

ग्रीजम्यान २०१९ मा एटलेटिकोबाट बार्सिलोना आएपनि तीन सिजनमा उनको प्रदर्शनको विषयमा प्रश्न उठाइएको थियो । उनले बार्सिलोनाका लागि १०२ खेलमा ३५ गोल गरेका छन् । यस तीन सिजनमे ग्रीजम्यानले एक उपाधि कोपा डेल रे मात्र जितेका छन् ।

खेलाडी ट्रान्सफरको डेडलाइन डे मा बार्सिलोनाले जुनियर फ्रिपो, इलेक्स मोरिबा र एमर्सन रोयललाई पनि बेचेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *