खेलकुद

पलेशाको पहिलो प्रतिद्वन्द्वी बेलायतकी बेथ

काठमाडौं । नेपालका पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारालिम्पिकको पहिलो खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।

मंगलबार निकालिएको तालिकाअनुसार पलेशाले पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग खेल्ने तय भएको हो । पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन्।

शुक्रबार जित हासिल गरे क्वाटरफाइनलमा पलेशाले टर्कीकी गाम्जे गर्डसङ खेल्नेछिन् । पारालिम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *