काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई २–१ ले हराएको छ ।
ला लिगामा दोस्रो जित निकाल्ने क्रममा बार्सिलोनाले दोस्रो मिनेटमै रोबर्टोको गोलबाट अग्रता लिएको थियो ।तर १८ औँ मिनेटमा गेटाफेका सान्ड्रो रामिरेजले बराबरी गोल फर्काए ।
खेलको ३० औँ मिनेटमा डिपाएले बार्सिलोनाका लागि दोस्रो गोल गर्दै जीत निकालेको हो ।
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीविनै यो सिजन शुरु गरेको बार्सिलोना तीन खेलबाट सात अंकसहित चौथो स्थानमा छ ।




