काठमाडौ । इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिवार साँझ भएको खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले आर्सनललाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
म्यानचेष्टर सिटीका मिडफिल्डर इल्काए गुण्डोगानले खेलको ७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो गोलको ५ मिनेट पछि अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफमै १० खेलाडीमा सीमित भएको आर्सनलविरुद्ध दोस्रो हाफमा सिटीले अर्को दुई गोल थप्दै ५–० गोलअन्तरले पराजित गरेको हो ।
सिटीको जितसँगै आर्सनलले कमजोर शुरुवात गरेको छ ।




