खेलकुद

विश्वकप क्रिकेटः एसियाबाट युएई छनोट, नेपालकाे सपना अधुरै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द गरेको छ । आईसीसीले कोरोना महामारीको कारण एसिया छनोट रद्द गरिएको जनाएको छ ।

एसिया छनोट रद्द भएसँगै एसियाबाट युएई विश्वकपका लागि छनोट भएको छ । छनोट रद्द भएसँगै नेपालको यू-१९ विश्वकप खेल्ने सपना सकिएको छ ।

यस्तै आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ । अमेरिका क्षेत्रबाट क्यानडा र इस्ट एसियाबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन् । युरोप र अफ्रिका क्षेत्रको छनोट भने आयोजना हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *