खेलकुद

राष्ट्रिय फुटबल टिमको २५ खेलाडीको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको २५ खेलाडीको घोषणा गरिएको छ । हाल पोखरामा बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमलाई २५ खेलाडीमा झारेका हुन् ।

गोलकिपर अर्पण कार्की, फरवार्ड अभिषेक रिजाल र शिशिर लेखी टिमबाट बाहिरिएका हुन् ।नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ ।

नेपालले भारतसँग आगामी भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दै छ ।त्यस्तै दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) को १३औ संस्करणमा आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा खेल्दै छ ।

नेपाली टिम

किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा, सुजल श्रेष्ठ र तेज तामाङ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *