खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशन कुमार सिंहले जर्सी सार्वजनिक गरेका हुन् ।

खुल्ला प्रतिस्पर्धाबाट नयाँ जर्सीको डिजाइनको नमुना मागिएकोमा झण्डै ५ सय नमाुनामध्येबाट आदर्श पोखरेलको डिजाइन क्यानले स्विकार गरेको हो । पोखरेलले पुरस्कार स्वरूप नगद १ लाख प्राप्त गरेका छन् ।

क्यानले नयाँ जर्सी छनोटका केन्द्रिय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकबाट एक सदस्य रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *