काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगको आजको खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ ।
खेलको ३० औं मिनेटमा युनाइटेडका फ्रेडले आत्मघाती गोल गरेपछि खेलमा अग्रता बनाएको भएपनि दोस्रो हाफमा युनाइटेडले बराबरी गोल फर्कायो ।
खेलको ५५ औं मिनेटमा पउल पोग्बाको पासमा म्यासन ग्रीनउडले गोल गर्दै खेल बराबरीमा ल्याएपछि दुबै टिमले थप गोल गर्न सकेनन् ।
आइतबारै सम्पन्न भएको अर्को खेलमा टोटेनहम हट्सपरले वुल्भ्समाथि १–० गोलअन्तरले विजयी भएको छ ।




