काठमाडौं । वर्नलीलाई २–० गोलअन्तरले हराउँदै प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ ।
घरेलु मैदानमा शनिबार भएको खेलको १८ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा साडियो मानेले ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको पासमा गोल गरे ।
खेलको २७ औं मिनेटमा मोहमम्द सालाहले गोल गरेपनि अफसाइड भएको थियो । दोस्रो जितपछि लिभरपुल ६ अंकसहित शीर्ष स्थानमा छ ।




