खेलकुद

मेस्सीले आँशु पुछेको ‘टिस्युपेपर’ झण्डै एक करोडमा बिक्रि भएको दाबी

काठमाडौं । फुटबल स्टार लियोनल मेस्सीले बार्सिलोना क्लव छाड्दा रुँदा खसेको आँशु पुछेको टिस्यु १० लाख अमेरिकी डलरमा बिक्रि भएको छ ।

अर्जेन्टिनी फुटबल स्टार मेस्सीले २१ वर्षे लामो यात्राको अन्त्यका क्रममा बार्सिलोना छोड्ने घोषणा गर्न स्टेजमा जानेबेलमा झण्डै साढे एक मिनेट रोएका थिए ।

मेस्सीको आँसु पुछ्नका लागि उनकी श्रीमती एन्टोनेलाले टिस्यु पेपर दिएकी थिइन । मेस्सीले आँशु पुछेको टिस्यु पेपर एक अपरिचित ब्यक्तिले १० लाख अमेरीकी डलरमा खरिद गरेको अन्तर्राष्ट्रिय समाचार माध्यम गल्फन्यूजले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *