काठमाडौं ।युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ ।
क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा भने पाट कुमिन्स छन् ।
अष्ट्रेलियाले घोषणा गरेको टिममा तीन वैकल्पिक खेलाडी राखिएको छ । अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श रहेका छन् ।
त्यस्तै स्टिभ स्मिथ, एडम जाम्पा, डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् । टिमको वैकल्पिक खेलाडीमा डानिल साम्स, नाथन एलिस र डेनिल क्रिस्टियन रहेका छन् । विकेट किपर ब्याट्सम्यान जोश पहिलो पटक अष्ट्रेलियाको टिममा परेका हुन् ।
टी–ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।




