खेलकुद

क्रिकेटमा नेपालीलाई प्रेरित गरेकोमा पारसलाई धन्यवाद : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई धन्यवाद दिएका छन् ।

शनिबार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटार बोलाएर पारसलाई कहिल्यै नभुल्ने रोमाञ्चक जित र क्रिकेटमा ठूलो सपना देख्न नेपालीलाई प्रेरित गरेकोमा धन्यवाद दिएका हुन् ।

‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद।’ देउवाले ट्विट गर्दै भनेका छन्, ‘ नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’

पारसले दुई साता अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *