काठमाडौँ ।जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा चीन सवैभन्दा अगाडि छ ।
पहिलो स्वर्ण जित्ने देश चीन वन्यो । सुटिङको महिला १० मीटर एयर राइफलमा चीनकी याङ क्वीन पहिलो स्वर्ण पदक जितेकी हुन् । यसका अतिरिक्त चीनले वेट लिफ्टिङ् र फिन्सिङ्मा १ / १ स्वर्ण जित्यो ।
यसैगरी आयोजक राष्ट्र जापानले पनि १ स्वर्ण पदक जित्न सफल भयो । जापानले ६० केजी जुडोमा स्वर्ण जितेको छ । यसैगरी पदक तालिकामा दक्षिण कोरीया , इटली , अमेरीका लगाएतका देशहरु छन् ।
टोकियो- सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० मा महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।




