खेलकुद

ब्राजिल कोपा अमेरिकाको फाईनलमा प्रवेश

ब्राजिल जारी कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।

सोमबार भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले ३५ औं मिनेटमा निर्णायक गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । बाँकी समयमा दुवै टोलीले गोलको अवसर पाएपनि गोल गर्न सकेनन् ।

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *