खेलकुद

इटाली र स्पेन भिड्दै, ‘हेड टु हेड’मा को बलियो ?

जारी १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनल खेलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्नेछन् । इटाली र स्पेनबीचको खेल नेपाली समयानुसार राति १२:४५ बजे सुरु हुनेछ ।

उपाधि दावेदार मानिएका इटाली र स्पेन जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसकारण आजको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले हराएको थियो ।

यता, स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

इटाली र स्पेनबीच अहिलेसम्म ३३ पटक प्रतिस्पर्धा भएको छ । जसमा इटालीले ९ खेल जितेको छ । १२ खेल बराबरीमा सकिँदा १२ नै खेल स्पेनले जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *