खेलकुद

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण एक साता स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले विहीबारबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साताको लागि पछि सारेको हो । उपत्यका बाहिरबाट पनि खेलाडी आउनु पर्ने र निरन्तर वर्षाका कारण यातायात समस्या भएकाले प्रशिक्षण स्थगित गरिएको बुझिएको छ ।

अब प्रशिक्षण जुलाई ७ देखि सुरु हुनेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । नेपालले अब यसै वर्ष बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारी गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *