खेलकुद

एएफसी वुमेन्स कप छनौट: नेपाल, फिलिपिन्स र हङकङसहित समूह एफमा

काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार एएफसी वुमेन्स एसिया कप छनोटको ड्र सार्वजनिक गरेको छ । नेपाल समुह एफमा फिलिपिन्स र हङकङ सम्मिलित समूहमा परेको छ ।

छनोटको नेपाल सम्मिलित समूह एफ मा तीन टिम मात्र छन् । यस समुहका खेल काठमाडौँमा हुने एएफसीले जनाएको छ ।

छनौट चरणका खेलहरु सेप्टेम्बर १३-२५, २०२१ मा र प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६, २०२२ मा हुने एएफसीले जनाएको छ ।

छनोटमा सहभागी २८ देशलाई आठ समूहमा बिभाजन गरिएको छ, जसमा सुरुआती चार समूहमा चार-चार टिम छन् भने बाँकी चार समूहमा तीन-तीन टिम रहेका छन् ।

भारतमा सन् २०२२ मा हुने वुमेन्स एसिया कपका लागि प्रत्येक समूहको विजेता ८ टिम आयोजक भारत र डिफेन्डिङ च्याम्पियन जापानसँगै चीन र अस्ट्रेलियासँग एसिया कप खेल्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *