खेलकुद

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्थगित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२को त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

स्पेनमा तय भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको हो ।

कोरोनाको प्रभावका कारण सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो । सिरिज सन् २०२२ सम्मका लागि स्थगित भएको हो ।

सिरिजका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत सुरु गरेको थियो । बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।

मुख्य प्रशिक्षक डेभ वाटमोर समेत नेपाल आएर बन्द प्रशिक्षणमा सहभागी भएका थिए । तर अन्तिम समयमा आएर कोभिडको कारण देखाउँदै सिरिज स्थगित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *