खेलकुद

रोनाल्डोले बोतल फ्रेम हटाएपछि कोकाकोलाको ब्राण्ड र शेयर मूल्यमा गिरावट

बुढापेस्ट । जारी युरोकपको प्रि–म्याच पत्रकार सम्मेलनमा पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का पुगेको छ।

कोकको सेयर मूल्य प्रति कित्ता ५६ दशमलव १० अष्ट्रेलियन डलर रहेकोमा रोनाल्डोसँगको पत्रकार सम्मेलनपछि १ दशमलव ६ प्रतिशतले घट्दै ५५ दशमलव २० अष्ट्रेलियन डलर भएको छ ।

मूल्य सामान्य घटेको देखिए पनि कोकाकोलाले करिब पाँच अर्ब २० करोड अष्ट्रेलियन डलर गुमाएको छ। हंगेरीसँगको खेलअघि भएको पत्रकार सम्मेलनमा ३६ वर्षीय रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै खानेपानीको बोतल हल्लाएका थिए।

प्रतियोगिताको ठूलो प्रायोजक कोकाकोला नै हो। घटना सानो देखिए पनि कोकाकोलालाई भने ठूलो टाउको दुखाई बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *