काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा आज (बुधबार) दुई खेल हुँदै छ । आज हुने पहिलो खेलमा फिनल्याण्डले रसियासँग प्रतिस्पर्धा गर्नेछ ।
युरोकपमा आज समूह ‘बी’अन्तर्गतको खेलमा दुवै टीमले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । रसियाको घरेलु मैदानमा फिनल्याण्ड जित निकाल्दै संस्करणमा दोस्रो जित निकाल्ने योजनामा छ । गाजप्रो एरिनामा हुने रसिया र फिनल्याण्डबीचको खेल नेपाली समयानुसार राति ६:४५ बजे सुरु हुनेछ ।
तुलनात्मक रुपमा बलियो रसियालाई उसकै मैदानमा हराउन फिनल्याण्डलाई सहज भने छैन ।




