खेलकुद

वेल्स र स्वीट्जरल्यान्डको बराबरी

काठमाडौँ । युरोपेली च्याम्पियनसिपमा वेल्स र स्वीट्जरल्यान्डले बराबरी खेलेका छन् । शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १-१को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अजरबैजानको बाकु स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४९ औं मिनेटमा ब्रिल इम्वोलोको गोलबाट स्वीट्जरल्यान्डले अग्रता लियो । तर, ७४औं मिनेटमा किफर मोरेले गोल गर्दै वेल्सलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह एमा रहेका वेल्स र स्विजरल्याण्डले एक-एक अंक बाडेका छन् । वेल्स र स्विजरल्याण्ड क्रमश: तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । टर्कीलाई ३–० ले पराजित गरेको इटाली ३ अंकसहित शिर्षस्थानमा रहँदा अंक विहीन टर्की पुच्छरमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *