खेलकुद

डेनमार्कमाथि फिनल्याण्डको ऐतिहासिक जित

काठमाडौँ । युरोपेली च्याम्पियनसिपमा डेब्यु गरिरहेको फिनल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-०ले पराजित गरेको हो ।

फिनल्याण्डको जितमा जोएल पोहान्पालोले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा पोहान्पालोले जेरे उरोनेनको क्रसमा गरेको हेडरमार्फत गोल गरेका थिए । ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी प्राप्त गरेपनि इमिल होएबिएर चुके । युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो ।

त्यसअघि पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि खेल झन्डै डेढ घण्टा रोकिएको थियो । बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई तत्काल स्वास्थ्य टिम मैदान पुगेर सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानको उपचारपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । एरिक्सनको होस खुलेको र बोल्न सक्ने भएपछि थप उपचारका लागि नजिकैको अस्पताल लागिएको थियो । त्यसपछि खेल पुनः सुचारु भएको थियो ।

जितसँगै फिनल्यान्डले समूह बीको अंक तालिकमा ३ अंक जोडेको छ । हारबाट प्रतियोगिताको सुरुवात गरेको डेनमार्कले भने अंक बिहीन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *