खेलकुद

लुकाकु चम्किँदा बेल्जियमको सहज जित

काठमाडौँ । उपाधि दावेदार बेल्जियमले १६औं संस्करणको युरोकपमा विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३-०ले पराजित गरेको हो ।

खेलको दशौँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा थोमस मुनिएरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को सहज जित दिलाए । लुकाकुले आफ्नो गोल खेल दौरान अचेत भएर ढलेका फिनल्याण्डका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई समर्पित गरेका थिए ।

जितसँगै समूह बी मा रहेको बेल्जियमले अंक तालिकामा ३ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ । अंक विहीन रुस भने तालिकाको पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *