काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछन । पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी तथा दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दैछन् ।
आजको पहिलो खेलमा विराटनगर र ललितपुर दशरथ रंगशालामा दिउँसो २ः३० बजे भिड्दैछन् । दोस्रो खेल धनगढी र बुटवल लुम्बिनीबीच साँझ ५ः३० बजे हुनेछ ।
प्लेअफमा स्थान बनाउनका लागि विराटनगर र ललितपुर दुवै टोली सहज जितको खोजीमा हुनेछन् । लिगमा विराटनगर ५ खेलबाट ७ अंकसहित चौथो स्थानमा रहेको छ । ललितपुर ५ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
यता प्लेअफमा पुग्नका लागि बुटवल लुम्बिनीले अंक तालिकाको शीर्ष स्थानमा रहेको धनगढीमाथि जित निकाल्नु पर्ने बाध्यता रहेको छ । बुटवल आजको खेलमा गर या मरको अवस्थामा रहेको छ ।




