काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् ।
टियु क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ भने नेदरल्यान्ड्सले ब्याटिङको निम्तो पाएको छ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएको छ भने मलेसिया पहिलो जितको खोजीमा छ ।
मलेसियालाई फाइनल पुग्न अबको दुई खेल जित्नै पर्ने दबाब छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार व्यहोरेको मलेसिया दोस्रो खेलमा नेपालसँग पनि स्तब्ध बनेको थियो । आजको खेलमा पनि मलेसिया पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ । त्यस्तो अवस्थामा नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुग्नेछ ।




