काठमाडौं । नेपाल, मलेसिया र नेदरल्यान्डबीच हुने त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।
भोलि नेपाल र नेदरल्यान्ड्सबीचकाे खेल दिउँसो १ः१५ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ ।




