खेलकुद

एपिएफले जित्यो ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

काठमाडौँ । नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।

सुदूरपश्चिमले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रिएको एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भएको हो । एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाइन्। त्यस्तै कप्तान सीता राना मगरले २७ रन जोड्दा इन्दु बर्मा १९ रन र ममता चौधरी १५ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०६ रन बनाएको थियो। सुदूरपश्चिम प्रदेशका लागि विन्दु रावलले अविजित ४४ रन बनाइन्। त्यस्तै डोली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रन बनाइन्।

जितसँगै विजेता टोली एपिएफले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार पाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *