खेलकुद

अफ्रिकन रुट्स एसोसिएसन आहा रारा गोल्डकपको फाइनलमा

पोखरा । अफ्रिकन रुट्स एसोसिएसन जारी आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ ।

विहिबार पोखरा रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अफ्रिकन रूटले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अफ्रिकन रुट्स एसोसिएसनका लागि खेलको तेस्रो मिनेटमा नै बाससेकले गरेको गोल खेलकै निर्णायक गोल बनेको थियो ।

अब प्रतियोगिताको फाइनल खेल संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसनबीच हुने छ । फाइनल खेल आगामी शनिबार हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *