खेलकुद

हेल्प नेपाललाई पाँचौँ एनभिए भलिबल च्याम्पियनसीपको उपाधि

काठमाडौं । पाँचौँ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टोली एपिएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा हेल्प नेपालले एपिएफमाथि २५–१४ २५–२० र २५–२२ को सोझो सेटमा जित निकाल्यो ।

भारतीय खेलाडी सम्मलित हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गरेको छ ।

उपविजेता बनेको एपीएफले १ लाख ५० हजारमा चित्त बुझायो । पुरुषतर्फ तेस्रो भएको बुलबुले राराले ७६ हजार र चौथो भएको नेपाल पुलिसले ३७ हजार ५ सय प्राप्त गर्यो ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ७ टोलीको सहभागिता रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *