काठमाडौं । बिहीबारबाट सुरु भएको लिग भलिबल च्याम्पियनसिपमा विभागिय टोली पुलिस क्लब र एपिएफ क्लबले बिजयी सुरुवात गरेका छन् । पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि ३ । ० को जित निकाल्यो । तीनै सेट आफ्नो पक्षमा पार्ने क्रममा पुलिसले २५ । ०९, २५ । २१ र २५ । १६ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।
एपिएफ क्लब र बुलबुले रारा क्लबबिचको खेल निकैनै प्रतिस्पर्धात्मक रह्यो । एपिएफले बुलबुलेलाई ३ । १ सेटले पराजित ग¥यो । पहिलो र दोश्रो सेटमा बुलबुलेलाई २५ । २०, २८ । २६ ले पराजित गर्दै बिजयको निकट पुगेको एपिएफ क्लब तेश्रो सेटमा पराजित हुन पुग्यो । तीन पाकिस्तानी खेलाडी सहित मैदान उत्रेको बुलबुलेले तेश्रो सेटमा एपिएफ माथि २५।१८ को जित हात पा¥यो । चौथो सेटमा एपिएफले जित निकाल्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भयो । रोमाञ्चक चौथो सेटमा एपिएफले ३२ । ३० को जित निकाल्दै जितलाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।
महिला तर्फ ह्वाङ्गजी न्यू डायमण्डले पहिलो खेलमा जित हात पार्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । डायमण्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५ । ०६, २५ । ०२ र २५ । ०५ ले पराजित गरेको हो ।




