खेलकुद

चैत्र २८ गते ‘कोभिड कप २०२१ हुने’

काठमाडौं । चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ।

जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमका बारेमा जानकारी गराइएको छ। खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, वैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजि तथा आवासीय विद्यालय लगायतको सहभागिता हुने बताइएको छ।

७ खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दुरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए। खेल सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *