युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ। युरोपियन फुटबल महासंघ (युइएफए)ले शुक्रबार अन्तिम आठको ड्र सार्वजनिक गरेको हो।
ड्रअनुसार म्यानचेस्टर सिटी भर्सेस बोरुसिया डर्टमुन्ड, एफसी पोर्टो भर्सेस चेल्सी, वायर्न म्युनिख भर्सेस पिएसजी, रियल म्याड्रिड भर्सेस लिभरपुल खेल्ने भएका छन् ।





