खेलकुद

आईलिग फुटबल : किरण आबद्ध पन्जाबको जीत

काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्ध पन्जाब एफसीले हिरो आईलिग फुटबलमा जीत निकालेको छ । सोमबार राति भएको खेलमा पन्जाबले नेरोका एफसीलाई १–० गोल अन्तरले हराएको हो ।

पन्जाबको जीतमा बाबा डीवाराले निर्णायक गोल गरे । डीवाराले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । पन्जाबको जीतमा किरणले उत्कृष्ट प्रदर्शन गरे । म्यान अफ दि म्याच बनेका उनले टिमको कप्तानी गरेका थिए ।


नेरोकाबाट नेपालका मिडफिल्डर प्रकाश बुढाथोकीले खेलिरहेका छन् । जीतसँगै पन्जाब लिगको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाबले १० खेलमा १८ अंक जोडेको छ । नेरोका १० खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *