खेलकुद

न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै इंग्ल्यान्डद्वारा सिरिज कब्जा

डुनेडिन । न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय प्रतियोगितामा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ । जितसँगै तीन खेलको सिरिज एक खेल अगावै इंग्ल्यान्डले जितेको छ ।

डुनेडिनस्थित युनिभर्सिटी ओवलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली न्युजिल्यान्डले एक बल बाँकी रहँदा सबै विकटे गुमाउँदै १ सय ९२ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि ब्रुक हलिडेले सर्वाधिक ६० रनको पारी खेलिन् । यस्तै, हन्ना रोले अविजित २९, जेस केरले २८ तथा केटी मार्टिनले १७ रन जोडिन् ।

इंग्ल्यान्डकी नताली साइवरले ३, क्याथरिन ब्रन्ट र सारा ग्लेनले समान २–२ विकेट लिइन् ।

१ सय ९३ रनको मध्यम लक्ष्य पाएको इंग्ल्यान्डले ३७.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डको जितमा टमी ब्युमोन्ट र एकी एलिन जोन्सले नटआउट ७२ र ४६ रनको योगदान गरिन् । यस्तै, नताली साइवरले ६३ रन बनाइन् ।

जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा इंग्ल्यान्ड २–० ले अघि रहेको छ । यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *