काठमाडौँ । भारतले इङल्याण्डविरुद्ध तेस्रो टेस्ट जित्न ४९ रनको लक्ष्य पाएको छ ।
दोस्रो इनिंगमा इङल्याण्ड ८१ रनमा अल आउट भएपछि भारतले केवल ४९ रनको लक्ष्य पाएको हो ।
इङल्याण्डलाई दोस्रो इनिंगमा ८१ रनमा अल आउट गर्न भारतीय बलर अक्सर पटेलले दोस्रो इनिंगमा पनि ५ विकेट लिएका थिए । अक्सरले पहिलो इनिंगमा ६ विकेट लिएरका थिए ।
त्यस्तै भारतका लागि आर आश्विनले ४ विकेट लिए भने वाशिंटन सुन्दरले एक विकेट लिए ।
इङल्याण्डका लागि बेन स्टोकले सर्बाधिक २५ रन बनाए भने कप्तान जो रुटले १९ र ओली पोपले १२ रन बनाए । इङल्याण्डका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि भारत पहिलो इनिंगमा १४५ रनमा अल आउट भएको थियो भने इङल्याण्ड ११२ रनमा अल आउट भएको थियो ।




