कोको गउफ र जिल टेकमन एडिलेड इन्टरनेसनल टेनिस प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
बिहीबार मेमोरियल ड्राइभ सेन्टर कोर्टमा भएको क्वाटरफाइन खेलमा दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी हुन् ।
स्वीट्जरल्यान्डकी जिल टेकमनले अनास्तासिजा सेवास्तोवालाई २–१ को सेटमा हराइन् । पहिलो सेट ६–४ ले जितेकी जिल दोस्रो सेटमा ७–६ (१०–८) ले पराजित भइन् भने अन्तिम सेटमा ७–५को संघर्षपूर्ण जित निकालिन् ।
यस्तै, अर्को खेलमा कोको गउफले आफ्नै देशकी शेल्बी रोजर्सलाई २–१ को सेटम पराजित गरिन् ।
अमेरिकी कोकोले पहिलो सेटमा २–६ अंकले गुमाएपछि बाँकी दुई सेटमा उत्कृष्ट पुनरागमन जनाउँदै समान ६–४ र ६–४ को सेटमा जित हासिल गरिन् ।




