खेलकुद

रुट र लीचले इङल्याण्डलाई खेलमा फर्काए, भारत १४५ रनमा अलआउट

काठमाडौँ । इङल्याण्डविरुद्धको तेस्रो टेस्टमा भारत पहिलो इनिंगमा १४५ रनमा अल आउट भएको छ । यस अघि इङल्याण्ड केबल ११२ रनमा अल आउट भएपछि भारतलाई इङल्याण्डले खेलको दोस्रो दिन १४५ रनमा आउट गरेको हो ।


भारतले आफ्नो पहिलो इनिंगमा ५३.२ ओभर खेलेर १४५ रन बनाउदै सबै विकेट गुमाएको छ । यो सँगै भारतलाई प्पहिलो इनिंगमा ३३ रनको झिनो अग्रता मिलेको छ ।

पहिलो इनिंगमा भारतका लागि रोहित शर्माले सर्बाधिक ६६ रन बनाए भने भने कप्तान विराट कोहलीले २७ रन बनाए । त्यस्तै आर आश्विनले १७, शुभमन गीलले ११ र इशान्त शर्माले १० रन बनाएका थिए ।

भारतलाई सस्तैमा समेट्नेक्रममा इङल्याण्डका कप्तान जो रुटले सर्बाधिक ५ विकेट लिएका थिए भने अर्का बलर ज्याक लीचले ४ विकेट लिए । त्यस्तै जोफ्रा आर्चरले एक विकेट लिएका छन् ।

योसँगै भारतमा खेलिएको पहिलो डे-नाइट टेस्ट खेल रोचक मोडमा पुगेको छ । दुवै पक्षका स्पिनर चम्केपछि खेलको नतिजा अनुमान गर्न गाह्रो भएको छ भने पहिलो इनिंगमा सस्तैमा समेटिएको इङल्याण्ड खेलमा फर्किएको छ ।

अब इङल्याण्डले आफ्नो दोस्रो इनिंग ब्याटिंग केहीबेरमा शुरु गर्दै छ ।

चार खेलको यस टेस्ट सिरिजमा दुवै टिमले यस अघि १-१ खेल जितेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *