खेलकुद

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्स नियुक्त भएका छन् ।


एन्फाको पाँच सदस्यीय प्राबिधिक समितिको सिफारिसमा ग्यारी महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको एन्फाले जनाएको छ ।

ग्यारी हाल एन्फाको प्राबिधिक निर्देशकको रुपमा काम गर्दै आएका थिए ।

यससँगै राष्ट्रिय महिला फुटबल टिमको क्लोज क्याम्प पनि छिट्टै शुरु हुने एन्फाले जनाएको छ ।

एन्फाले महिला टिमलाई साफ वुमन्स च्याम्पियन्ससिप र एएफसी वुमन्स एसियन कप क्वालिफायर्सका लागि तयार गर्ने एन्फाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *